दीपक श्रेष्ठ भन्छन्, ‘म भयंकरै परिवर्तन भएर आएको छैन’



‘पहिलो पहिलो माया, तकदिर, भाई, पापी मान्छे, पर्खि बसेँ, हिम्मत’ जस्ता एकसेएक सुपरहिट चलचित्रका निर्देशक दीपक श्रेष्ठ पछिल्लो रिलिज चलचित्र ‘रङ वे’ पछि निर्देशनबाट टाढा रहे । अब उनी सात वर्षपछि चलचित्र ‘घिन्ताङ’ बाट निर्देशनमा फर्किएका छन् । यही शुक्रवारबाट छायांकनमा जाने चलचित्रमा गौरव पहारी र लक्ष्मी बर्देवाले मुख्य भूमिकामा अभिनय गर्दैछन् ।

यो चलचित्र आफ्ना अघिल्ला चलचित्रभन्दा फरक हुने दाबी निर्देशक श्रेष्ठको छ । तर, उनी आफूले ट्याक परिवर्तन नगरेको बताउँछन् । उनी भन्छन्, ‘समय अनुसार चल्नुपर्छ भनेर ‘घिन्ताङ’ मा केही फरक गर्न लागेको हुँ । चलचित्रमा एक्सन, नाचगान होला तर कथावस्तु त तिनै हुन् । परिवेश तिनै हुन् । त्यसमा प्रस्तुतिकरणमा फरक हुन्छ । म भयंकरै परिवर्तन भएर आएको चाहिँ भन्दिनँ ।’

निर्देशनमा फर्किन सात वर्ष लाग्नुको कारण आफ्नै कमजोरी हुनसक्ने उनको कथन छ । उनी भने- ‘म समय अनुसार चल्न सकिनँ होला । मेरा कतिपय सोचहरु पुराना भएर रोकिएँ होला । मेरो आर्थिक अवस्था र दिन-दशा खराब भएर रोकिएँ होला । समग्रमा सात वर्ष निर्देशनमा फर्किन नसक्नुको दोष आफैंलाई दिन्छु । यद्यपि, सबैको साथ र मायाले दीपक श्रेष्ठ पुनः फर्किएको छ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu