‘नेपाल बेष्ट म्युजिक अवार्ड’ घोषणा



तुल्सी मिडियाले नेपालको शान, संगीतको पहिचान भन्ने मूल नारालाई आत्मसात गर्दै ‘नेपाल बेष्ट म्युजिक अवार्ड २०२१’ आयोजना गर्ने घोषणा गरेको छ । तुल्सी मिडियाका अध्यक्ष तथा अवार्डका संयोजक नवराज भण्डारीले आगामी चैत्र १४ गते शनिवार अवार्डको भव्य समारोह राजधानीमा गरिने गरि तयारी शुरु भएको बताएका छन् ।

अवार्डमा ३९ वटा विधा समावेश गरिएको छ । जसमा लोक, पप, आधुनिक र फिल्म अन्तर्गत छन् । लोक, पप र आधुनिक विधामा गायक, गायिका, गीत, संगीतकार, नायक र नायिका समावेश छन् । यस्तै, फिल्मतर्फ गीत, संगीतकार, गायक र गायिका छन् । सबै विधामा नव गायक, नव गायिका, नव नायक र नव नायिका समावेश छ ।

प्राविधिकतर्फको विधामा छायाँकार, भिडियो निर्देशक, नृत्य निर्देशक, मेकप आर्टिस्ट, रचनाकार र सम्पादक समावेश छ । यस्तै, पपुलर विधा अन्र्तगत गीत, संगीतकार, गायक, गायिका, नायक र नायिका छन् । पपुलर तर्फका सबै विधामा प्रत्यक्ष भोटिङ समेत हुने तुल्सी मिडियाले जनाएको छ । अवार्ड कार्यक्रममा नगदसहित लाइफटाईम एचिभमेन्ट अवार्डद्धारा सम्मान गरिनेछ ।

यही फाल्गुन ३ गतेबाट फाल्गुन २१ सम्मको लागि सबै विधामा फर्म खुल्ला गरिएको आयोजकले जनाएको छ । निःशुल्क फर्मको लागि आयोजकलाई सम्पर्क गर्न सकिनेछ भने डिजिटल प्रविधिमार्फत पनि फर्म भर्न सकिने जनाएको छ । नेपाल बेष्ट म्युजिक अवार्डको लागि ३ जनाको जुरी तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu