दिनेश राउत भन्छन्, ‘व्यापारिक हिसाबमा सिरिज वा सिक्वेल गर्दिनँ’



पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा सफल चलचित्रको सिरिज वा सिक्वेल निर्माण गर्ने होडबाजी नै चलेको छ । कुनै चलचित्र हिट भयो भने निर्माताले सिक्वेल घोषणा गरिहाल्छन् । हिट चलचित्रको सिक्वेल बनाउँदा नयाँ चलचित्रमा जस्तो मेहेनत गर्नु नपर्ने र दर्शक सजिलै सिनेमा हलसम्म आउँछन् भन्ने विश्वासका कारण पनि सिरिज वा सिक्वेल निर्माणतर्फ निर्माताहरु आकर्षित भएको पाइन्छ ।

निर्देशक दिनेश राउत भने चलचित्रको सिरिज र सिक्वेल निर्माणको विपक्षमा छन् । सिरिज वा सिक्वेल बनाउनु व्यापारिक हिसाबमा मात्र सीमित हुने उनको तर्क छ । उनी भन्छन्, ‘कमर्शियल रुपमा सफल भएको चलचित्रले त्यसपछिको कथा मागेको छ कि छैन भन्ने कुरा महत्त्वपूर्ण हो । म व्यापारिक हिसाबले मात्र सोच्दिनँ । किनभने, आर्ट व्यापार हो तर व्यापार मात्र पनि होइन ।’

हिट चलचित्रको पछाडि दुई थपेर कथा खोज्ने प्रवृतिप्रति पनि लक्षित गर्दै उनले अगाडि भने- ‘पहिला दुई थपेर कथा खोज्नुभन्दा कथा खोजेपछि कथा आफैंले नाम डिमान्ड गर्छ । कथाको माग बिना म कुनै पनि चलचित्रको सिरिज वा सिक्वेल गर्दिनँ । चलचित्रको उद्येश्य कमाउनु मात्र होइन, पछिसम्म अर्थ राख्ने पनि हुनुपर्छ । नाम मात्र राखेर व्यापारिक हिसाबमा सिरिज वा सिक्वेल त किन गर्नु र ?’

उनले ‘प्रसाद’ ले सिक्वेलको माग नगर्ने भन्दै ‘प्रसाद २’ को निर्देशन गर्न अस्वीकर गरेका थिए । त्यस्तै, डेढ वर्ष अगाडि उनले चलचित्र ‘मेरो एउटा साथी छ २’ महंगो मुल्यमा साइन गरेका थिए । पछि सिरिजकै कारण उनले चलचित्रबाट हात झिके । अब निर्माता सुवास गिरी ‘नोभेम्बर रेन’ को सिक्वेलको तयारीमा जुटेका छन् । निर्देशक राउत यो चलचित्र पनि गर्ने पक्षमा देखिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu