चितवनमा विपिन र आँचल सम्मानित



अभिनेता विपिन कार्की र अभिनेत्री आँचल शर्मा चितवनमा एकसाथ सम्मानित भएका छन् । बुधवार लक्की मिडिया हाउसको पांँचौ बार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो । नेपाली चलचित्र क्षेत्रको संरक्षण, प्रवर्धन र विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै विपिन र आँचललाई सम्मान गरिएको लक्की मिडियाका महाप्रबन्धक हरी कार्की ‘लक्की’ ले जानकारी दिए ।

कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली कांंग्रेसका केन्द्रीय सदस्य गगन थापा, बरिष्ठ कलाकार तथा निर्देशक नीर शाह र लक्की मिडिया हाउसका महाप्रबन्धक कार्कीले विपिन र आँचललाई संयुक्त रुपमा सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । सो अवसरमा चिकित्सक, शिक्षाकर्मी, व्यवसायी, सञ्चारकर्मी, समाजसेवी र खेलाडीहरुलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह ‘राजा’, नेपाली कांंग्रेस चितवन सभापति जीतनारायण श्रेष्ठ, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष भोजराज अधिकारी, कांग्रेसका नेता राजकुमार राजभण्डारीलगायतको उपस्थिति रहेको थियो । सो अवसरमा झमक घिमिरेद्वारा लिखित पुस्तकमा निर्मित चलचित्र ‘जीवन काँडा की फूल’ प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu