स्वस्तिमालाई साउथ चलचित्रको अफर



चलचित्र ‘बुलबुल’ बाट राष्ट्रिय अवार्ड जितेकी अभिनेत्री स्वस्तिमा खड्का चाँडै नयाँ चलचित्र ‘चिसो मान्छे’ को छायांकनमा व्यस्त हुँदैछिन् । लकडाउनको समयमा एक अमेरिकी चलचित्र साइन गरेर बसेकी उनले अब साउथ चलचित्रमा डेब्यू गर्न लागेको चर्चा चलेको छ । साउथ इन्डियन कम्पनी ‘एञ्जल मारीया’ ले निर्माण गर्न लागेको चलचित्र ‘थिरिमाली’ को अफर स्वस्तिमालाई गरिएको छ ।

स्वस्तिमाले साउथ चलचित्रबाट अफर आए पनि कागजी सम्झौता नभएको बताएकी छन् । फोन संवादमा उनले भनिन्, ‘एकपटक मिटिङमा मात्र बसेका हौं । चलचित्रको बारेमा अरु केही कुरा भएको छैन । स्क्रिप्ट पनि सुनेको छैन । चलचित्र गर्ने भएँ भने म आफैं जानकारी गराउनेछु ।’ चलचित्रका निर्माता र निर्देशकसँग यही फागुन ५ गते उनले काठमाडौंमा भेट गरेकी थिइन् ।

‘थिरीमाली’ लाई राजिव सेट्ठीले निर्देशन गर्दैछन् । अहिले उनी काठमाडौंमा छन् । उनले आफ्नो फेसबुकमा स्वस्तिमासँग भेटपछि लिएको एक तस्विर पोस्ट गर्दै लेखेका छन्, ‘लेडी सुपरस्टार अफ नेपाल ।’ उनले फेसबुकमा स्वस्तिमा चलचित्रमा अनुबन्ध भएको भन्ने आशयमा बनेको समाचारको लिंक पनि शेयर गरेका छन् । यसले स्वस्तिमाले चलचित्र साइन गरेको कुरालाई बल मिलेको छ ।

७० प्रतिशत नेपालमा र ३० प्रतिशत भारतमा छायांकन हुने चलचित्रमा अधिकांश प्राविधिक नेपालबाट हुने बताइएको छ । चलचित्र निर्माणमा नेपालबाट अनन्या फिल्मस्ले सहकार्य गरेको छ । चलचित्रमा भारतीय कलाकारहरु विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्मासँगै नेपाली कलाकार माओत्से गुरुङको पनि अभिनय रहने जानकारी प्राप्त छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu