४३ दिनमा सकियो ‘चुरीफुरी’ को छायांकन



समसामयीक बिषयमा ऋषिराज आचार्यले निर्माण र निर्देशन गरेको चलचित्र ‘चुरीफुरी’ को सुटिङ सकिएको छ । पुष अन्तिमबाट छायांकन थालिएको चलचित्रको करीब ४३ दिनमा ‘इन्डक्ल्याप’ भएको हो । यो चलचित्रबाट अनमोल केसीको डुब्लिकेटका रुपमा चर्चामा आएका अभिषेक श्रेष्ठले नायकको रुपमा डेब्यू गर्दैछन् । चलचित्रमा उनको अपोजिटमा पूजा पन्त देखिँदैछिन् ।

आरबी मुभीजको ब्यानरमा निर्माण भएको चलचित्रमा रविन्द्र झा, राजिबजंग बस्नेत, सोना बज्राचार्य, रिन्जिन गुरुङ, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित, ऋतु आचार्य, सुनीता श्रेष्ठ, राजेन्द्र खाती, महेश्वर आचार्य, लक्ष्मी ढकाल (जोया), कमल सिंह, सरिस्मा मगर, अस्मिता बस्नेत लगायतका कलाकारहरुको पनि अभिनय छ ।

चलचित्रलाई राहुल राईले खिचेका हुन् । निर्देशक आचार्यकै लेखन रहेको फिल्मको निर्मातामा रिना ढकाल छिन् । त्यस्तै, सह-निर्मातामा बिमला भुसाल, राजेन्द्र खाती र शिब थापा छन् । दीपक शर्माको संगीत रहेको चलचित्रका गीतहरुमा समीर आचार्य, विश्व नेपाली र बेनिशा पौडेलको स्वर छ । भिमफेदी ग्रुपले कोरियोग्राफी गरेको चलचित्रको कला निर्देशकमा बिजय आचार्य रहेका छन् ।

कथाको मागअनुरुप नै चलचित्रमा नयाँ तथा हाँस्य व्यंग्य क्षेत्रका कलाकारको बाहुल्यता रहेको निर्देशक आचार्यले बताए । छायांकन सकिएसँगै चलचित्रको सम्पादन नवीन निरौलाले गरिरहेका छन् । चलचित्रको प्रदर्शन मिति केही दिनमा घोषणा गर्ने तयारीमा निर्माण टिम छ । एक दर्जन बढी म्यूजिक भिडियोमा काम गरिसकेका अभिषेक ‘चुरीफुरी’ लाई लिएर निकै उत्साहित देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu