‘बिहे पास’ का लागि कलाकारको खोजी



चैत्र पहिलो साताबाट छायांकन सुरु हुने तयारीमा रहेको चलचित्र ‘बिहे पास’ ले अडिसनमार्फत कलाकार चयन गर्ने भएको छ । प्रवेश पौडेलको निर्देशनमा बन्ने चलचित्रमा दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन् । बाँकी कलाकारका लागि निर्माण ब्यानर आरआर फिल्मस् प्रोडक्सनले ‘कास्टिङ कल’ गरेको हो ।

चलचित्रका लागि २० देखि ६५ बर्षसम्मका २२ जना पुरुष र २०, २६, ४०, ५० र ६७ बर्षका ५ जना महिला कलाकारको आवश्यकता रहेको निर्देशक पौडेलले बताए । कथाको माग अनुसार ‘कास्टिङ कल’ गरिएकाले नयाँ र अनुभवी कलाकारले अडिसन दिन पाउने निर्माण टिमले जनाएको छ । अडिसन फागुन ११ र १२ गते नेपाल फिल्म कास्टिङ कम्पनी ग्वार्को (ललितपुर) मा हुनेछ ।

अडिसनमा सहभागी हुन इच्छुकले [email protected] मा इमेल गर्न सक्नेछ । रोहित कट्टेलको प्रस्तुति रहेको चलचित्रको कार्यकारी निर्माता रत्न श्रेष्ठ र सह निर्माता ग्याल्जेन लामा छन् । तराई भेगमा खिचिने चलचित्रको कथा आकाश बराल, सजन काफ्ले र मुरे केरले लेखेका हुन् । सामाजिक विषयमा निर्माण गर्न लागिएको चलचित्र भरपुर मनोरञ्जनात्मक हुने निर्माण पक्षको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu