के मयंकको प्रेममा छिन् सारा ?



गसिप बजारमा कलाकारका प्रेम र विछोडका खबरहरु बारम्बार आइरहन्छन् । हलिउड/बलिउडतिर कलाकारको प्रेम, ब्रेकअप र डिभोर्सलाई अति सामान्य रुपमा लिने गरिन्छ । नेपाली चलचित्र क्षेत्रमा पनि अचेल कलाकारको प्रेम र ब्रेकअप नौलो विषय होइन । महिनैपिच्छे कुनै न कुनै कलाकारको प्रेम र ब्रेकअपको खबर मिडियाका लागि मसला बनिरहेका हुन्छन् ।

केही दिनयता अभिनेत्री सारा सिरपाली मयंक खड्काको प्रेममा रहेको चर्चा चल्न थालेको छ । यसअघि मयंक अभिनेत्री साम्राज्ञीको प्रेममा थिए । मंगलवार दिउँसो साराले आफ्नो इन्स्टाग्राम स्टोरीमा मयंकसँग राजधानीको एक होटलमा लञ्च गरेको तस्विर राखेकी छन् । यसले उनी मयंकको प्रेममा रहेको चर्चालाई केही हदसम्म बल मिलेको छ ।

यसअघि साराले सामाजिक सञ्जालमा आफू कसैको प्रेममा रहेको भन्ने आशयका स्टाटसहरु पोस्ट गरिरहेकी हुन्थिन् । अब मयंकसँगको तस्विर नै सार्वजनिक गरेपछि गसिप बजार एकपटक फेरि तात्ने देखिएको छ । चलचित्र ‘सुश्री सम्पत्ति’ रिलिजताका उनी अभिनेता अनमोल केसीको प्रेममा रहेको चर्चा चलेको थियो । तर, दुवैले प्रेम सम्बन्धको चर्चालाई अफवाह बताएका थिए ।

निखिल उप्रेती स्टारर चलचित्र ‘रुद्र’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी साराको सुन्दरता र अभिनयको निकै चर्चा हुने गरेको छ । तर, उनको करिअर भने सुखद बन्न सकेको छैन । उनको डेब्यू चलचित्र नै डिजास्टर सावित भएको थियो । यसपछि उनले अभिनय गरेका ‘पिंजडा ब्याक अगेन र सुश्री सम्पत्ति’ पनि बक्सअफिसमा असफल भए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu