संवैधानिक संकट टरे पनि नेतृत्वमाथिको आशंका टरेको छैन : भुवन केसी



पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको प्रस्ताव स्वीकृत गरेपछि सर्वोच्च अदालतमा दुई महिना लामो बहसपश्चात् संसद विघटनको मुद्दा टुंगिएको छ । मंगलवार साँझ सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको पक्षमा ऐतिहासिक फैसला गरेपछि राजनीतिक दलदेखि आम नागरिकले खुसीयाली मनाएका छन् ।

नेपाली कलाकारहरुले पनि संविधानको रक्षा गर्दै सर्वोच्चले गरेको फैसलाको स्वागत गरेका छन् । अभिनेता भुवन केसीले सर्वोच्चको फैसलापछि फेसबकमा स्टाटस लेख्दै सर्वोच्चको निर्णयले संविधानमाथि खेलाँची गर्ने शासकलाई लगाम लगाउने नजिर स्थापना गर्नुका साथै हजारौंको भौतिक र मानसिक बलिदानीपछि प्राप्त संविधानको सर्वोच्चताको पनि रक्षा गरेको बताएका छन् ।

उनले लेखेका छन्, ‘हामी सबैले संविधानको अक्षरंश पालना गर्नुपर्छ र नगर्नेहरु दण्डित हुन्छन् भन्ने सन्देश पनि दिएको छ । कठिन समयमा सही निर्णय गर्ने न्यायमूर्तिहरुलाई मेरो सलाम छ । संवैधानिक संकट त टर्‍यो तर नेतृत्वमाथिको आशंका टरेको छैन । आउँदो समयमा शासन सत्तामा रहनेले संविधान न जनता कसैलाई पनि ‘टेकन फर ग्रान्टेड’ नलिनु होला । मेरो नेता भनेर गर्व गर्ने ठाउँ दिनुहोला ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu