‘फटाह फणिन्द्रे’ मा बुद्धि र रविको प्रवेश



चलचित्र ‘फटाह फणिन्द्रे’ मा कलाकार द्वय बुद्धि तामाङ ‘हैट’ र रवि डंगोल ‘बेमान’ को प्रवेश भएको छ । उनीहरुसँग निर्माण टिमले मंगलवार कागजी सम्झौता गरेको हो । अरुण खड्काले निर्देशन गर्ने चलचित्रका लागि यसअघि नै अभिनेता कर्मा, छुल्ठिम गुरुङ, सुस्मा कार्की, रोहित रुम्बा, उत्तक केसी फाइनल भइसकेका छन् । चलचित्रको आउँदो चैत पहिलो साताबाट छायांकन सुरु हुँदैछ ।

श्रीराम बालाजी फिल्मस् र अरुण फिल्म प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुन लागेको चलचित्रको प्रस्तुतकर्तामा वितरक समेत रहेका सुनिल मानन्धर छन् । विक्रम सिंह गुरुङ निर्माता र नेत्र बिष्ट कार्यकारी निर्माता रहेको चलचित्रमा रोशन श्रेष्ठको द्वन्द निर्देशन, रामजी लामिछाने र कबिराज गहतराजको कोरियोग्राफी, विपिन मल्लको सम्पादन र ईश्वरलाल सिंकेमनको छायांकन रहनेछ ।

उत्तम केसीको कथा रहेको चलचित्रमा पट्कथा, संवाद हिमाल उप्रेती, सुशिल पोखरेल र अरुण खड्काको छ । यसअघि ‘तिम्रो लागि’, ‘पाठशाला’ चलचित्र निर्माण गरेका अरुणले ‘फटाह फणिन्द्रे’ बाट निर्देशनमा डेब्यू गर्न लागेका हुन् । चलचित्र निर्माणमा बटुलेको अनुभवलाई निर्देशनमा खन्याउन लागेको उनले बताए । चलचित्रले अपराधको विषयलाई कमेडीको माध्यमबाट भन्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu