‘गजनी’ भिलेनसँग भोजपुरी चलचित्रमा प्रशान्त



अभिनेता अनमोल केसी स्टारर चलचित्र ‘कृ’ मा चन्द्र पन्तको एक्सन कोरियोग्राफी दर्शक र समीक्षकले निकै रुचाएका थिए । उनै, पन्त यतिबेला भोजपुरी चलचित्रका व्यस्त निर्देशक बनेका छन् । दिनेशलाल यादव ‘निरहुवा’ स्टारर चलचित्र ‘निरहुवा चलल लण्डन’ लाई उनले नै निर्देशन गरेका थिए । यो चलचित्रको सफलतापछि भोजपुरीका प्रतिष्ठित ब्यानरहरु उनको पछाडि परेका छन् ।

अहिले चन्द्रले बलिउड, भोजपुरी र नेपाली कलाकारहरुलाई लिएर चलचित्र ‘माही’ को निर्देशन गरिरहेका छन् । यसमा भोजपुरी स्टार आनन्द ओझा नायकको रुपमा छन् भने उनको अपोजिटमा नेपाली अभिनेत्री नीता ढुंगाना छिन् । १५ दिनदेखि भारतको आगरामा छायांकन भइरहेको चलचित्रमा नेपाली कलाकारहरु प्रशान्त ताम्राकार र नरेन खड्का पनि मुख्य भूमिकामा देखिँदैछन् ।

त्यस्तै, अभिनेता आमिर खान अभिनीत चलचित्र ‘गजनी’ का भिलेन प्रदीप रावतको पनि चलचित्रमा अभिनय छ । बलिउडभन्दा साउथ फिल्ममा बढी काम गरेका उनको यो पहिलो भोजपुरी चलचित्र हो । चलचित्रका लागि निर्माण टिमले उनलाई मोटो रकम तिरेको बुझिएको छ । चलचित्रमा प्रदीपसँग स्क्रिन शेयर गर्दै नेपाली कलाकारहरुलाई पनि देख्न पाइने निर्देशक पन्तले जानकारी दिए ।

उनले चलचित्रको सेटबाट प्रदीप र प्रशान्तका केही तस्विरहरु ठूलोपर्दालाई उपलब्ध गराएका छन् । चलचित्रमा दुवै भिलेनको भूमिकामा छन् । चलचित्र अवधीभर दुवैलाई एकसाथ देख्न पाइने निर्देशक पन्तले बताए । सुटिङको क्रममा प्रदीप रावतले नेपाली कलाकारहरुको काम गर्ने शैलीको प्रशंसा गरेको उनको भनाई छ । चलचित्रको २० प्रतिशत छायांकन पूरा भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu