रीमा भन्छिन्, ‘अब बिहेको कुरा गर्ने बेला भयो’



अभिनेत्री रीमा विश्वकर्मा अचेल अभिनयभन्दा उद्घोषणमा बढी सक्रिय छिन् । ‘नेपाल आइडल र कमेडी च्याम्पियन’ मा उनको उद्घोषण शैलीको निकै प्रशंसा भएको थियो । अब उनी चाँडै आफ्नै समुहले निर्माण गरेको ‘कमेडी च्याम्पियन’ को दोस्रो सिजनमा उद्घोषकको रुपमा देखिँदैछिन् । युवापुस्ताको एउटा समुह उनलाई हेर्नकै लागि पनि टिभी अगाडि बस्ने गरेको छ । जबकि, चलचित्रबाट उनले यसप्रकारको क्रेज बनाउन सकेकी थिइनन् ।

जब उनलाई करिअरमा सफलता मिल्दै थियो, तब उनले एउटा कठिन समयको सामना गर्नुपर्‍यो । २०७२ सालमा उनले रोवर्ट विश्वकर्मासँग विवाह गरेकी थिइन् । तर, उनीहरुको विवाह दुई वर्षमा नै टुट्यो । यसपछि विवाहको विषयमा मौन रहँदै आएकी रीमाले अब बिहेको कुरा गर्ने बेला भइसकेको बताएकी छन् । तर, विवाह आफ्ना लागि अपरिहार्य नरहेको उनको भनाई छ ।

बुधवार राजधानीमा आयोजित ‘कमेडी च्याम्पियन २’ को घोषणा कार्यक्रममा ‘बिहे कहिले गर्ने’ भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भनिन्, ‘जब मलाई बिहे गर्नुपर्छ भन्ने लाग्छ तब गर्छु । तर, मैले एकचोटी बिहे गरेर थाहा पाइसकेँ । अब मेरो लागि विवाह अपरिहार्य होइन ।’ उनले केकी र विशालसँग आफ्नो व्यक्तिगत र व्यवसायिक दुवै रुपमा अर्थपूर्ण सम्बन्ध रहेको पनि बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu