स्वस्तिमाले साइन् गरिन् साउथ चलचित्र ‘थिरिमाली’



अभिनेत्री स्वस्तिमा खड्काले अब दक्षिण भारतीय चलचित्रमा अभिनय गर्ने भएकी छन् । चलचित्र ‘थिरिमाली’ बाट उनले साउथ इन्डस्ट्रीमा पाइला राख्न लागेकी हुन् । बिहीवार राजधानीको एक होटलमा निर्माण टिमले उनीसँग कागजी सम्झौता गरेको हो । अहिले चलचित्रको निर्देशक र निर्मातासहितको टोली लोकेशन र कलाकार छनोटका लागि नेपालमा छ ।

स्वस्तिमाले सामाजिक सञ्जालको माध्यमबाट साउथ चलचित्र ‘थिरिमाली’ साइन गरेको जानकारी दिँदै यसले आफूलाई सिक्न र करिअरमा अगाडि बढ्न मद्दत गर्ने विश्वास व्यक्त गरेकी छन् । फागुन अन्तिम साताबाट छायांकन सुरु हुन लागेको चलचित्र ‘चिसो मान्छे’ पछि उनले यो चलचित्रका लागि समय छुट्याउनेछिन् । ‘थिरिमाली’ को छायांकन भने चैत पहिलो साताबाट सुरु हुँदैछ ।

राजिव सेट्ठीले निर्देशन गर्ने चलचित्रको ७० प्रतिशत नेपालमा र ३० प्रतिशत भारतमा छायांकन हुनेछ । चलचित्र निर्माणमा दक्षिण भारतीय कम्पनी एन्जल मारिया सिनेमाज्सँग नेपालको तर्फबाट अनन्या फिल्मस्ले सहकार्य गरेको छ । चलचित्रमा भारतीय कलाकारहरु विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्मासँगै नेपाली कलाकार माओत्से गुरुङको पनि अभिनय रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu