माफी मागेपछि पल र अरुणबीचको विवाद सुल्झियो



अन्ततः अभिनेता पल शाह र चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ का अध्यक्ष अरुण प्रधानबीचको विवाद सहमतिमा नै टुंगिएको छ । शुक्रवार दिउँसो ४ बजे इलाका प्रहरी कार्यलय धरान, सुनसरीमा भएको छलफलमा दुवै पक्षले आफूबाट भएको गल्ती स्वीकार गर्दै माफी मागेपछि विवाद सुल्झिएको हो । दुवै पक्षले एकअर्कासँग माफी मागेपछि विवाद सल्टिएको प्रहरीले बताएको छ ।

म्यूजिक भिडियोको छायांकनका लागि धरान पुगेका पलले सहमतिमा नै विवाद टुंगिएको बताए । दुवै पक्षले आवेशमा गल्ती भएको स्वीकार गर्दै माफी मागेको उनको भनाई छ । त्यस्तै, अरुण प्रधानले दुवै पक्षबाट कमजोरी भएका कारण माफी मागेपछि विवाद सल्टिएको बताए । प्रहरीसमक्ष पल शाहका म्यानेजर कृष्णप्रसाद जोशी र अरुण प्रधानले एकअर्कासँग माफी मागेका थिए ।

बिहीवार अध्यक्ष प्रधानले एक होटलमा खाना खाइरहेको समयमा आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय धरानमा पल र उनका म्यानेजर जोशीविरुद्ध उजुरी दिएका थिए । शुक्रवार पलका म्यानेजर जोशीले पनि अरुणविरुद्ध मदिरा सेवन गरेर आफूहरुमाथि अभद्र व्यवहार गरेको भन्दै धरानको प्रहरी कार्यालयमा क्षतिपूर्तिको माग गर्दै उजुरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu