कृषाले जितिन् ‘मिस नेवाः नेपाल ११४१’ को उपाधि



राजधानीको डल्लुकी कृषा महर्जन नयाँ नेवार सुन्दरी चुनिएकी छिन् । नेप्लीज फेसन होमद्वारा शनिवार राती राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित नेवार युवतीहरुबीचको एकमात्र राष्ट्रिय सौन्दर्य प्रतियोगितामा कृषाले आफ्ना १४ प्रतिस्पर्धीलाई पछाडि छोड्दै पन्ध्रौं मिस नेवाः नेपाल ११४१ को ताज चुमेकी हुन् ।

चमक दमकका साथ भव्य र सभ्यरुपमा सम्पन्न प्रतियोगितामा कृषाले पन्ध्रौं एनटी मिस नेवाः नेपाल ११४१ चुमेवापत नगद १ लाख रुपियाँ प्राप्त गरेकी छिन् । प्रमूख निर्णायक नेपाल टेलिकमका चिफ कमर्सियल अफिसर भानुराज श्रेष्ठले सोधेको मनको घाउ र बाहिरी घाउमा कुन बढी दुख्छ भन्ने निर्णायक प्रश्नमा जिउको तुलनामा मनको घाउ पिडादायी हुने, मनमा लागेको घाउ डक्टरले पनि पत्ता लगाउन नसक्ने र ठिक पार्न पनि नसक्ने तथा माटोको घाउजस्तै हुने सटिक जवाफ दिएर पन्ध्रौं मिस नेवाः नेपालको ताजलाई आफ्नो बनाएकी हुन् । उनी वेष्ट नेपाल भाषा उपाधिलाई पनि आप्mनो बनाउन सफल भइन् ।

नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको प्रतियोगितामा ललितपुरको पाटन सुन्धाराकी प्रिया तण्डुकार मिस नेवाः नेपाल फष्ट रनर्सअप र कलंकी काठमाडौंकी कृष्टीना महर्जन मिस नेवाः नेपाल सेकेण्ड रनर्सअप चुनिए । उनीहरुले उपाधिवापत क्रमशः २५ हजार र १५ हजार रुपियाँ नगद प्राप्त गरेका छन् । प्रियाले मिस पब्लिक च्वाईस र कृष्टीनाले मिस चार्मिङको उपउपाधि पनि चुमे ।

रोजिन शाक्यको कोरियोग्राफी तथा उनका साथमा पूर्व मिस नेवाः नेपाल सुनिता डंगोलद्वारा सञ्चालित प्रतियोगितामा नेपाल क्योकुसिन सेइसिन काइकान कराँते संघका अध्यक्ष सिहान अशोककुमार श्रेष्ठ, नेपाल टेलिकमका मेनेजर सरोजकुमार शाक्य, स्पेशल ओलम्पिक नेपालका अध्यक्ष डा. शिक्षीता श्रेष्ठ, कन्र्सन नेपालका निर्देशक डा. विजय सैंजु, पूर्व मिस नेवाः नेपाल एलिशा बज्राचार्य र नेपाल लिपी गुठीका उपाध्यक्ष अनिल स्थापित निर्णायक रहेका थिए ।

नेवारी कला र संस्कृति झल्किने विभिन्न झाँकी प्रस्तुतिका साथ सम्पन्न प्रतियोगितमा मनिका खड्गी मिस ट्यालेण्ट र मिस फोटोजेनिक, रोहिना महर्जन सोसिएल वेलफेयर एम्बेसडर चिफ र वेस्ट स्किन, मनिषा महर्जन वेष्ट ड्रेस, एञ्जिला अवाले मिस डिसिप्लेन, लेनिका डंगोल वेष्ट हेयर र मिस पर्सनालिटी, सौर्य शाही बेस्ट स्माइल तथा स्वीकृति महर्जन मिस फ्रेन्डसिप चुनिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu