आउँदो वैशाखमा तामाङ चलचित्र अवार्ड हुँदै



tamang-film‘तामाङ चलचित्र संघ’को आयोजनामा आउँदो वैशाखमा तामाङ चलचित्र अवार्ड आयोजना हुने भएको छ । २०६५ साल यता बनेका तामाङ भाषाका चलचित्र हरुले उक्त अवार्डमा प्रतिस्पर्धा गर्न पाउनेछन्, भने तामाङ चलचित्रमा उल्लेख्य योगदान दिएका केही फिल्मकर्मीहरुलाई समेत गरिने आयोजकले बताएको छ ।

वैशाख तेस्रो सातामा आयोजना हुने सो ‘तामाङ फिल्म अवार्ड–२८५०’ मा विभिन्न २१ विधामा २०६५ यता बनेका करिब ३० चलचित्रहरुले सहभागीता जनाउने जनाईएको छ । संघको शनिवार सम्पन्न वैठकले यो अवार्ड कार्यक्रम आयोजना गर्ने औपचारिक निर्णय गरेको थियो ।

तामाङ भाषाको चलचित्र तथा गीतसंगितको प्रवर्धनमा संघले यसअघी २०६७ र २०६८ सालमा हेटौंडामा तामाङ फिल्म फेस्टिबल सम्पन्न गरेको थियो भने २०६७ सालमै तामाङ चौतारी समूहले तामाङ गीत संगीतसँगै गाँसेर पहिलो पटक फिल्म एण्ड म्यूजिक अवार्डको आयोजना गरिएको थियो ।

Photo: Tamang Film ‘Semla Maya’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu