हलमा ‘गोर्खे’



अभिनेता शिव श्रेष्ठ अभिनीत तथा निर्मित चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ रिलिजको डेढ महिनापछि सिनेमा हलमा नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएको छ । तीन वर्ष अगाडि नै निर्माण भएको चलचित्र ‘गोर्खे’ शुक्रवारबाट देशव्यापी प्रदर्शनमा उत्रिएको हो । विना प्रचार प्रदर्शनमा आएका कारण यो चलचित्रको बारेमा धेरै कम दर्शक जानकार छन् ।

प्राविधिकहरुले मिलेर निर्माण गरेको चलचित्रले गोर्खाली सैनिकको बहादुरीको कथा भन्छ । किम्मत गौतमको निर्देशनमा बनेको चलचित्रमा रविन्द्र प्रताप सेन, अञ्जली अधिकारी, अर्जुन गुरुङ, एन्जेल श्रेष्ठ, आश्मी लामा, आश्मी श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय छ । कोजु इन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थ राम कोजु र हरि थापाले चलचित्रको निर्माण गरेका हुन् ।

गोर्खाली सैनिक बन्ने सपना बोकेका ५ युवाहरुको कथा वाचन गरेको यस चलचित्रमा काजी लिम्बुको कथा, हिमाल केसीको द्वन्द्व, सौरभ लामा र निरज कँडेलको छायांकन, मित्र डि. गुरुङको सम्पादन, छिन्दु पाख्रिन र हरि लम्सालको संगीत छ । सिनेमा हलहरुमा नयाँ चलचित्रको अभाव भएकाले राजधानीका ठूला मल्टीप्लेक्सहरुले यो चलचित्रलाई पर्याप्त सोज उपलब्ध गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu