‘कृष्ण लीला’ गीत रिलिज, पुष्पलाई श्रद्धाको डियर बन्ने मन (भिडियो)



चलचित्र ‘कृष्ण लीला’ को दोस्रो गीत सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रवार ‘डियर बन्न मन छ’ बोलको गीत सार्वजनिक गरेको हो । गीतमा निशान भट्टराई र समिक्षा अधिकारीले आफ्नो स्वर दिएका छन् । अर्जुन पोखरेलको संगीत र नारायण प्रसाद बाँस्कोटाको शब्द रचना रहेको गीतले प्रेमभाव बोल्छ । गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

गीतको भिडियोमा चलचित्रका नायक पुष्प खड्का र मुख्य श्रद्धा क्षेत्रीसहित कलाकारहरु बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ लगायत फिचर छन् । आकर्षक सेटअप तयार पारेर खिचिएको गीतको अडियो र भिडियो बलियो छ । दीपक ओलीको निर्देशनमा बनेको ‘कृष्ण लीला’ मा नवीन रेग्मी, हिउँवाला गौतम, आयुष गुरागाई लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

शिव ढकालले खिचेको चलचित्रमा अर्जुन जिसीको सम्पादन, अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको कथा, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व छ । आउँदो चैत २७ गते प्रदर्शनमा आउने चलचित्रको प्रस्तुतकर्ता रोहित कट्टेल हुन् । चलचित्रमा रत्न श्रेष्ठ कार्यकारी निर्माता, प्रकाश राज कार्की र केवल तामाङ निर्माता, पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह-निर्मातामा छन् ।

गीत :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu