चलचित्र विकास बोर्ड र केन्द्रिय चलचित्र जाँचपास समितिमा सदस्यहरु नियुक्त



संचार तथा सुचना प्रविधी मन्त्रालयले चलचित्र विकास बोर्ड र केन्द्रिय चलचित्र जाँचपास समितिमा आगामी दुई बर्षको लागि सदस्यहरु नियुक्ती गरेको छ ।

निर्माता तथा गायक अर्जुनकुमार डंगोल, निर्देशक प्रकाश भट्टराई र अभिनेता फनिन्द्रकुमार कट्वाल (राज) चलचित्र विकास बोर्डको सदस्य पदमा नियुक्त भएका छन् । त्यसैगरी पत्रकार सन्तोष कुमार थापा र निर्देशक मीनाक्षी कोइराला केन्द्रिय चलचित्र जाँचपास समितिको सदस्य पदमा नियुक्त भएका छन् ।

शुक्रबार मन्त्रालयमा आयोजित समारोहमा नियुक्त सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । संचारमन्त्री पार्वत गुरुङले नियुक्त सदस्यहरुलाई मर्यादित भएर काम गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu