मैथिली चलचित्रमा अभिनय गर्ने इच्छा छ : राजेश हमाल



तीन दशक लामो अभिनय करिअरमा तीन सयको आसपासमा नेपाली चलचित्रमा काम गरेका अभिनेता राजेश हमालले मैथिली चलचित्रमा अभिनय गर्ने इच्छा व्यक्त गरेका छन् । शनिवार ‘जनकपुर साहित्य महोत्सव’ को ‘सिनेमाको रङ्ग’ सत्रमा उनले भने- ‘म मैथिली चलचित्रमा अभिनय गर्न इच्छुक छु । मैथिली चलचित्रमा अभिनय गर्ने सौख छ । राम्रो स्क्रिप्टबाट प्रस्ताव आए मैथिली चलचित्र गर्छु ।’

आफूले देशको सम्पूर्ण भागका समूदायको प्रतिनिधित्व हुने गरी चलचित्रमा अभिनय गरेको पनि उनले बताएका छन् । अभिनेता हमाल अगाडि भन्छन्, ‘मैले देशको पूर्वदेखि पश्चिम हिमालदेखि तराई मधेशसम्मका सम्पूर्ण समुदायको प्रतिनिधित्व हुने अभिनय गरेको छु । नेपाली भाषाको चलचित्रमा मात्रै अभिनय गरेको भए पनि हरेक समुदायको प्रतिनिधित्व हुने भूमिका निर्वाह गरेको छु ।’

अभिनयमा शिक्षाको खाँचो हुने बताउँदै उनले आफूले भने शिक्षा हासिल गर्न नपाएको बताए । अभिनेता हमाल आफूसँग अभिनयको अनुभव मात्र रहेको बताउँछन् । फिल्म क्रिएटिभ पेशा भएकाले अनुभवसँगै शिक्षा पनि चाहिने उनको तर्क छ । उनले प्रविधिको द्रूत गतिको विकासले भविष्यमा भौतिक रुपमा कलाकारको आवश्यकता नचाहिने दिन आउनसक्ने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu