आफन्तको पहुँचले चलचित्र क्षेत्रमा स्थापित हुन सकिँदैन : मनीषा कोइराला



अभिनेत्री मनीषा कोइरालाले प्रतिभा हुँदा हुँदै पनि नेपाली कलाकारहरुले प्लेटफर्म पाउन नसकेको बताएकी छन् । शनिवार जनकपुर साहित्य महोत्सवको ‘सिनेमाको रङ्ग’ सत्रमा बोल्दै उनले नेपालमा कलाकारको अभाव नरहे पनि ठूलो प्लेटफर्म पाउन नसकेको बताइन् । राज्यले बेवास्था गरेका कारण नेपाली चलचित्र क्षेत्रले प्रगति गर्न नसकेको पनि उनको भनाई छ ।

उनी भन्छिन्, ‘कला, साहित्य, खेललाई सहयोग नगर्ने हो भने समाज खल्लो हुन्छ । विकशित देशहरुले कला, साहित्य, खेललाई निकै सहयोग एवं महत्व दिने गरेका छन् । यी विधाहरुलाई राष्ट्रले महत्व दिनुपर्छ ।’ अभिनेत्री कोइरालाले आफन्तको पहुँचले मात्रै चलचित्र लगायत कुनै पनि क्षेत्रमा स्थापित हुन नसकिने र यसका लागि योग्यता, क्षमता एवं मिहिनेत गर्नुपर्ने बताएकी छन् ।

कलाकारका सन्तानहरुले पनि आफूलाई स्थापित गर्न मिहिनेत नगरे अगाडि बढ्न नसक्ने उनको तर्क छ । उनी अगाडि भन्छिन्, ‘चलचित्र क्षेत्रमा स्थापित हुन कडा परिश्रम गर्नुपर्छ । चलचित्रमा कतिपय नायक-नायिकाका छोरा-छोरी आएका छन् । उनीहरुले निकै मिहिनेत गरेर ठाउँ पाएका हुन्छन् । नत्र दुई-तीनवटा चलचित्रमा राम्रो अभिनय गर्न सकेनन् भने उनीहरु अघि बढ्नै सक्दैनन् ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu