‘राज्जा रानी’ ले जित्यो अन्तर्राष्ट्रिय अवार्ड



सामाजिक कुप्रथाको रुपमा रहेको दाइजो प्रथाको कथामा निर्मित मैथिली चलचित्र ‘राज्जा रानी’ ले भारतको साइनसिने फिल्म फेस्टिभलमा महत्त्वपूर्ण दुई विधामा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । भारत, बिहारको मुजफरपुरमा मार्च ५ देखि ७ सम्म भएको फेस्टिभलको अन्तिम दिन चलचित्रलाई उत्कृष्ट रिजनल फिचर चलचित्र र उत्कृष्ट खलपात्रको विधामा अवार्ड प्रदान गरिएको हो ।

तीन दिवसिय साइनसिने फिल्म फेस्टिभलको अन्तिम दिन आयोजित अवार्ड वितरण समारोहमा बलिउड तथा भोजपुरी गायिका स्नेह उपाध्यायले मैथिली भाषामा निर्मित चलचित्र ‘राज्जा रानी’ का निर्माता राज कुमार महतोलाई अवार्ड हस्तान्तरण गरेकी हुन् । उक्त फेस्टिभलमा २३ देशका दुई सय चलचित्र दर्ता भएका थिए, जसमध्ये ८२ वटा चलचित्रले मात्र आधिकारिक प्रवेश पाएका थिए ।

‘राज्जा रानी’ ले दुई विधामा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेपछि निर्माता महतोले खुसी व्यक्त गरेका छन् । नेपाली र मैथिली भाषामा निर्माण भएको चलचित्रलाई यम थापाले निर्देशन गरेका हुन् । केकी अधिकारी, नाजिर हुसेन, कामेश्वर चौरसिया, स्वर्गीय दीपक क्षेत्रीको मुख्य भूमिका रहेको चलचित्रमा अभिनेत्री रेखा थापाको पनि केमियो छ । यो चलचित्र यूट्युबमा दुवै भाषामा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu