‘तिमीसँगै हुने मन छ’ मा नाजिरको प्रवेश



हरेक प्रकारका भूमिकामा जीवन्त अभिनय गर्न सिपालु मानिने नाजिर हुसेन ‘क्याप्टेन’ फेम्ड निर्देशक दिवाकर भट्टराईको निर्माण र निर्देशनमा बन्न लागेको लभस्टोरी चलचित्र ‘तिमीसँगै हुने मन छ’ मा अनुबन्ध भएका छन् । केही दिनअघि निर्माण टिमले उनीसँग कागजी सम्झौता गरेको हो । चलचित्रमा नाजिरको भूमिका सशक्त रहेको निर्देशक भट्टराईले जानकारी दिए ।

चैत दोस्रो साताबाट छायांकन सुरु हुने चलचित्रमा नाजिरसँँगै मुम्बईका रोहित सुचान्ती र नायिका दीपिका प्रसाईंको पनि मुख्य भूमिका रहनेछ । रोहितले ‘तुने प्यार क्या किया, रिश्ता लिखंगे हम नयाँ’ लगायतका आधा दर्जन टेलिसिरियलमा अभिनयसँगै रियालिटी शो ‘बिग बोस १२’ मा समेत भाग लिएका थिए । उनी चलचित्रको छायांकनका लागि केही दिनमा नेपाल ओर्लिदैछन् ।

रोहितसँग सम्झौता गर्न निर्देशक भट्टराई दुई महिना अगाडि मुम्बई पुगेका थिए । चलचित्रमा नायकसँगै प्राविधिक टिम पनि भारतकै हुनेछन् । नेपाली चलचित्रलाई ग्रेडको हिसाबले माथि लैजान आफूले भारतको टिमसँग काम गर्न लागेको दिवाकरले बताएका छन् । ओम नम शिवाय प्रोडक्सनको ब्यानरमा बन्न लागेको चलचित्रलाई भारतमा पनि प्रदर्शन गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu