विनोद लामाको प्रस्तुतीमा निर्माण हुने नयाँ चलचित्र ‘सरी मम’ ले कलाकारको खोजी गरेको छ । सोमवार पोस्टर सार्वजनिक गर्दै चार जना मुख्य कलाकारको खोजी भएको जानकारी दिइएको हो । चलचित्रका लागि निर्माण टिमले चत्रै १ गते नेपाल फिल्म एकेडेमी महाराजगञ्जमा अडिसन गर्दैछ ।

निर्माता लामाका अनुसार, तीन जना १७ देखि २० वर्ष उमेर समुहका महिला र एक जना सोही उमेर समुहका पुरुष कलाकारको लागी अडिसन लिइनेछ । कलाकार बन्न इच्छुकले निर्माण कम्पनीको इमेल [email protected] मा विभिन्न एङ्गलमा खिचिएका ५ ओटा प्रोफाइल सहितका फोटो पठाउन सक्नेछन् ।
एनएफआई क्रियसनको ब्यानरमा निर्माण हुने चलचित्रको आउँदो बैशाखबाट छायांकन सुरु हुँदेछ । निर्माता लामाले यसअघि शैक्षिक चलचित्र ‘कखरा’ निर्माण गरेका थिए । यसपटक पनि गहन विषयमाथि चलचित्र बन्न लागेको उनले बताए ।




