मेन मिडियाको इभेन्ट डाइरेक्टरमा रवि श्रेष्ठ नियुक्त



मेन मिडिया प्रालिको क्रियटिभ तथा इभेन्ट डाइरेक्टरमा रवि श्रेष्ठ नियुक्त भएका छन् । प्रालिका अध्यक्ष संजोक बस्यालले बिहीबार श्रेष्ठलाई अनामनगरस्थित कार्यालयमा स्वागत गर्दै जिम्मेवारी सहितको नियुक्ति दिएका हुन् । कम्पनीमार्फत हाल मेन समाचार डटकम न्युज पोर्टल सञ्चालनमा छ ।

आगामी दिनमा कम्पनीले विभिन्न इभेन्ट आयोजना गर्ने तयारी रहेको अध्यक्ष बस्यालले जानकारी दिए । कम्पनीको विकासमा श्रेष्ठले महत्वपूर्ण योगदान गर्ने उनको विश्वास छ । कम्पनीले अवलम्बन गर्ने उद्देश्यमा दत्तचित्त भएर काम गर्ने श्रेष्ठले बताए ।

‘तीन दशकदेखिको अनुभव अब मैले मेन मिडियाका लागि उपयोग गर्नेछु,’ उनले भने, ‘प्रविधिले मिडिया क्षेत्रलाई छपक्कै छोपिसकेको अवस्था छ र सोहीअनुसार नागरिकले मिडियाबाट अपेक्षा गरिरहेका छन् । मेरो अनुभव र नयाँ सिकाईलाई विस्तार गर्ने अभ्यासमा म जहिल्यै खटिरहने छु ।’

यसअघि नेपाल टेलिभिजनबाट प्रसारित ‘वाइवाइ नेपाल स्टार’ गायन रियालिटी शोको श्रेष्ठले सफल निर्देशन गरेका थिए ।
श्रेष्ठको निर्माण तथा निर्देशनमा आगामि वैशाख तेस्रो सातादेखि हिमालय टेलिभिजन मार्फत राष्ट्रियस्तरको ‘ब्यान्ड च्याम्पियन’ नामक रियालिटी शो प्रसारणको क्रममा छ । त्यस्तै, नेपाल टेलिभिजनमै प्रसारित ‘मुन्द्रेको कमेडी क्लब’ शोको पहिलो सिजन र दोस्रो सिजनसम्मको केही एपिसोड श्रेष्ठको निर्देशनमा भएको थियो ।

रेडियो तथा टेलिभिजन विज्ञापन निर्माणमा समेत श्रेष्ठ तीन दशकदेखि क्रियाशिल छन् । नेपालमा एफएमको सुरुवाती चरणदेखि नै कार्यक्रम निर्माण तथा उद्घोषणमा श्रेष्ठको २२ वर्षको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu