प्रदीप भन्छन्, ‘अभिनयप्रति अब गम्भीर भएको छु’



अभिनेता प्रदीप खड्काले कोरोना महामारीको समयमा चलचित्रबाहेक अरु क्षेत्रमा काम गर्न नसक्ने अनुभूति भएको बताएका छन् । बुधवारबाट २९ वर्षका भएका उनले भनेका छन्, ‘पहिला म चलचित्रमा काम पाउन छाडेँ भने अरु फिल्डमा केही गर्छु भन्ने सोच्थेँ । तर, एक महिना लकडाउन अवधिपछि म चलचित्रभन्दा बाहेक अरु क्षेत्रमा काम गर्न सक्दिनँ भन्ने अनुभूति भएको थियो ।’

अनस्क्रिन काम पाउन छाडेको खण्डमा अफस्क्रिनमा बसेर चलचित्रमै काम गर्ने तर अरु फिल्डमा काम नगर्ने उनको अडान छ । लकडाउनअघि अभिनयलाई आफूले सामान्य रुपमा लिने गरेको भए पनि अब गम्भीर भएको उनी बताउँछन् । प्रदीप अगाडि भन्छन्, ‘जब मलाई यो अनुभूति भयो त्यसपछि मैले अभिनयको क्लास लिएँ । अनलाइनबाट अरु चिजहरुको अध्ययन गर्न थालेँ ।’

उनी आफूसँग जे छ त्यसैमा खुसी हुने गरेको र आफूले जीवनमा पाएका कुराबाट सन्तुष्ट रहेको बताउँछन् । आफूलाई जीवनमा धेरै कुराको अभाव छ भन्ने नलागेको बताउँदै उनी भन्छन्, ‘म के विश्वास गर्छु भने हिजो राम्रो गर्‍यो भने आज राम्रो हुन्छ र आज राम्रो गर्‍यो भने भोली राम्रो हुन्छ । त्यसैले म आजका लागि राम्रो काम गर्छु । सही समयमा सही निर्णय भएका छन्, खुुसी छु ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu