‘लप्पन छप्पन २’ को ट्रेलर रिलिज (भिडियो)



मुकुद भट्ट निर्देशित चलचित्र ‘लप्पन छप्पन २’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार महाशिवरात्रीको अवसर पारेर राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा पेरिसबाट नेपाल आएको तीन सय मिलियन डलर हत्याउन चलचित्रका प्रमुख पात्रहरुले गरेको षड्यन्त्र र संघर्ष देखाइएको छ । प्रोडक्सन भ्यालु निकै उच्च ट्रेलर स्टाइलिस र स्टान्डर्ड छ ।

सौगात मल्ल, शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाहीको वरिपरी चलचित्रको मुल कथा घुमेको ट्रेलरले प्रस्ट्याउँछ । सौगात, अर्पण र अनुप भिन्न गेटअपमा देखिएका छन् । अष्ट्रेलिया र नेपालमा छायांकन भएको चलचित्रमा शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

गोल्डेन हिल्स पिक्चर्स, रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको ब्यानरमा निर्माण भएको चलचित्रको कार्यकारी निर्मातामा सुरज अधिकारी र प्रजापति सिवाकोटी छन् । चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोष चन्द्र भक्रेल निर्माता रहेको चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । चलचित्रमा मिलन श्रेष्ठको सम्पादन छ ।

आउँदो चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रका प्रस्तुतकर्ता खिलेन्द्रराज तिमसिना र निर्देशक मुकुद भट्ट हुन् । चलचित्रको पटकथा तथा संवादलाई निर्देशक भट्टलाई सुनिल नेउरेले सघाएका छन् । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै सौगात मल्लले चलचित्र स्तरीय र उत्कृष्ट बनेको दाबी गरे । त्यस्तै, अनुपविक्रम शाहीले यस प्रकारको चलचित्रमा नेपालमा बन्नु पर्ने बताए ।

ट्रेलर :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu