यूट्युबमा कति रुचाइयो ‘मारुनी’ ?



नवल नेपाल निर्देशित चलचित्र ‘मारुनी’ सिनेमा हलमा रिलिज भएको एक वर्षपछि यूट्युबमा सार्वजनिक भएको छ । चलचित्रलाई बिहीवार महाशिवरात्रीको अवसर पारेर बुढासुब्बाले यूट्युबमा सार्वजनिक गरेको हो । यूट्युब रिलिजसँगै चलचित्रले देश तथा विदेशमा बस्ने दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ । दर्शकहरुले ‘मारुनी’ लाई फरक चलचित्र भनेका छन् ।

चलचित्रको कथावस्तु, पटकथा, प्रस्तुती, छायांकन, निर्देशन र कलाकारको अभिनयको प्रशंसाले यूट्युबको कमेन्ट बक्स भरिएको छ । दर्शकहरुले अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाहको जोडी सुहाएको भन्दै प्रशंसाको पुल पनि बाँधेका छन् । यूट्युबमा सार्वजनिक भएको केही घण्टामा नै ट्रेन्डिङको यात्रा सुरु गरेको चलचित्रलाई पूनम गौतमले निर्माण गरेकी हुन् ।

‘मारुनी’ ले पुरूष भएर जन्मिएकी तर लिङ्ग परिवर्तन गरेर युवती बनेकी एक ‘ट्रान्सजेन्डर’ पात्रको प्रेमकथा भन्छ । चलचित्र हेरेपछि दिमागबाट हट्न नसक्ने भनेको क्लाइमेक्स हो । निर्देशक नेपालले चलचित्रको क्लाइमेक्स परम्परागतभन्दा विल्कुलै अलग बनाएका छन् । चलचित्रमा अभिनेत्री रेविका गुरुङले उम्दा अभिनय गरेकी छन् । चलचित्र मध्यान्तरपछि बलियो बनेको छ ।

चलचित्र हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu