‘लप्पन छप्पन’ मा भएको कमजोरी सच्याउन दोस्रो पार्ट बनायौं : मुकुन्द भट्ट



सिक्वेल कस्तो चलचित्रको बन्छ ? सबैको जवाफ एउटै आउनसक्छ, ‘जुन चलचित्रले नाफाको व्यापार गरेका छन् ।’ विश्वमै हिट चलचित्रको मात्र सिक्वेल बनेका छन् । सम्भवतः फ्लप चलचित्रको दोस्रो पार्ट बनेका छैनन् । तर, नेपालमा फ्लप चलचित्रको पनि सिक्वेल बन्न थालेका छन् । चाँडै फ्लप चलचित्र ‘छड्के’ को ‘पार्ट टू’ बन्दैछ । अर्को फ्लप चलचित्र ‘लप्पन छप्पन’ को सिक्वेल चैत २७ मा रिलिज हुँदैछ ।

फ्लप भएको ‘लप्पन छप्पन’ को सिक्वेल बन्नुको कारणबारे निर्देशक मुकुन्द भट्टले भनेका छन्, ‘लप्पन छप्पन’ हिट होइन । निर्देशकको रुपमा मलाई नै मन नपरेको चलचित्र हो । हामीले सीमित बजेटमा विदेशमा अनुमति लिएर चलचित्र खिचेका थियौं । नेपालमा गरिरहेको बानीले सजिलै होला भन्ने सम्झेका थियौं तर सेटमा पुगेपछि धेरै कुरामा कम्प्रमाइज हुँदै गयो । जसोतसो चलचित्र तयार गरेर रिलिज गरियो । त्यसमा धेरै गल्ती भएका थिए ।’

‘लप्पन छप्पन’ मा भएको कमजोरीलाई सच्याउन दोस्रो पार्ट बनाएको उनको जिकिर छ । उनी अगाडि भन्छन्, ‘पहिलो पार्टमा जुन कम्प्रमाइज मैले गरेँ, त्यसलाई परिपूर्ति गर्न कथा खोज्न थालेँ । यसका लागि २ वर्ष लाग्यो । पहिला चलचित्रमा दुई निर्माता मात्र जोडिएका थिए । कम्प्रमाइज नगरी खिच्दै जाँदा निर्माताहरु बढे । तर, मैले जे सोचेको थिएँ त्यो कुरा यसमा उतार्न पाएको छु ।’

पहिलोमा भएको कमजोरी दोस्रोमा देख्न नपाउने उनको भनाई छ । उनी दाबीका साथ भन्छन्, ‘धेरै त भन्दिनँ, ५ प्रतिशतले ‘वान’ भन्दा ‘टू’ राम्रो बनेको छ ।’ पहिलो पार्टमा लागेको दागलाई ‘लप्पन छप्पन २’ बाट मेटाउन सक्नेमा उनी विश्वस्त देखिएका छन् । कोरोनाका कारण धरासयी बनेको चलचित्र क्षेत्रलाई उठाउन आफूले चलचित्र रिलिज गर्ने साहस गरेको निर्देशक भट्ट बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu