नेफ्टा अवार्डमा विपिन र मेनुका उत्कृष्ट, अनमोल र साम्राज्ञीलाई ‘पपुलर अवार्ड’



१०औं नेफ्टा अवार्ड सम्पन्न भएको छ । चलचित्र प्राविधिक संघको आयोजनामा शनिवार पाँचतारे होटल सोल्टीमा आयोजित अवार्ड समारोहमा चलचित्र ‘छक्का पञ्जा ३ र प्रसाद’ ले महत्त्वपूर्ण ६/६ विधामा अवार्ड जित्न सफल भए । ‘छक्का पञ्जा ३’ उत्कृष्ट फिल्म घोषित हुँदा ‘प्रसाद’ बाट विपिन कार्कीले उत्कृष्ट नायक र ‘साइँली’ बाट मेनुका प्रधानले उत्कृष्ट नायिकाको अवार्ड प्राप्त गरे ।

‘छक्का पञ्जा ३’ बाट दीपाश्री निरौलाले उत्कृष्ट निर्देशकको अवार्ड पाउँदा ‘हरी’ ले जुरी अवार्ड पायो । त्यस्तै, पपुपल नायकको अवार्ड अनमोल केसी र पपुलर नायिकाको अवार्ड साम्राज्ञी आरएल शाहले प्राप्त गरे । कार्यक्रममा साउन्ड इन्जिनियर प्रदीपकुमार उपाध्याय र प्रकाश व्यवस्थापक नारायण तमिल्सिनालाई ५१ हजार १११ नगदसहित दीर्घ साधना सम्मान प्रदान गरिएको थियो ।

२०७५ सालमा प्रदर्शित चलचित्रलाई अवार्ड प्रदान गरिएको हो । उपराष्ट्रपति नन्दबहादुर पनको प्रमुख आतिथ्यतामा भएको अवार्ड कार्यक्रममा नयाँ तथा पुराना विभिन्न कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा चलेका कलाकारहरुको उपस्थिति भने न्यून थियो । कोरोनाले धरासायी बनेको नेपाली चलचित्र क्षेत्रलाई यस अवार्डले चलायमान बनाउने विश्वास नेफ्टाले लिएको छ ।

अवार्ड विजेताको सूची यसप्रकार छ :-

मेकअप एन्ड हेयर : शमशेर लामा (रोमियो एन्ड मुना)

कस्ट्युम डिजाइनर : युबी थापा (इन्टुमिन्टु लन्डनमा)

कला निर्देशक : पासाङ टी शेर्पा (रोमियो एन्ड मुना)

ब्याकग्राउन्ड स्कोर : एलिस कार्की (डमरुको डन्डिबियो)

ध्वनी मिश्रण : मुकेश शाह (डमरुको डन्डिबियो)

गीतकार : जाऊँ माया सरर, गणेश शाह (प्रसाद)

संगीत : जाऊँ माया सरर, सुवास भुषाल (प्रसाद)

एरेन्जर : जाऊँ माया सरर, उदयराज पौडेल (प्रसाद)

गायक : जाऊँ माया सरर, केतन क्षेत्री (प्रसाद)

गायिका : समिक्षा अधिकारी (नाइँ नभन्नू ल ३)

कथा : छक्का पञ्जा ३

पटकथा : छक्का पञ्जा ३ (दीपकराज गिरी)

संवाद : सुशिल पौडेल (प्रसाद)

ट्रेलर : साहिल खान (ए मेरो हजुर ३)

भीएफएक्स : रोमियो एन्ड मुना

रङ संयोजन : अर्जुन कार्की (हरी)

आदिवासी जनजाति : प्राङ्गना (तामाङ फिल्म)

सह–अभिनेत्री (महिला) : सुरक्षा पन्त (गोपी)

सह–अभिनेता (पुरुष) : अनुप बराल (डमरुको डन्डिबियो)

अभिनेता–नेगेटिभ रोल : प्रमोद अग्रहरी (कथा काठमाण्डू्)

अभिनेता कमेडी : केदार घिमिरे (छक्का पञ्जा ३)

द्वन्द्व निर्देशक : चन्द्र पन्त (रणवीर)

नृत्य निर्देशक : कविराज गहतराज (ए मेरो हजुर ३)

डेब्यु अभिनेत्री (महिला) : सुहाना थापा (ए मेरो हजुर ३)

डेब्यु अभिनेता (पुरुष) : धीरज मगर (इन्टु मिन्टु लन्डनमा)

डेब्यु निर्देशक : संगीता श्रेष्ठ (कथा काठमाडौं)

सम्पादक : मित्र गुरुङ (कथा काठमाडौं)

छायांकार : चिन्तनराज भण्डारी (हरी)

पपुलर अभिनेत्री : साम्राज्ञी शाह

पपुलर अभिनेता : अनमोल केसी

पपुलर फिल्म : छक्का पञ्जा ३

जुरी अवार्ड फिल्म : हरि

अभिनेता : बिपिन कार्की (प्रसाद)

अभिनेत्री : मेनुका प्रधान (साइँली)

निर्देशक : दीपाश्री निरौला (छक्का पञ्जा ३)

फिल्म : छक्का पञ्जा ३

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu