दीपेन्द्रको ‘सावधान’ मा वर्षा आमा (भिडियो)



अभिनेत्री वर्षा राउत अभिनीत छोटो चलचित्र ‘सावधान’ यूट्युबमा रिलिज भएको छ । दीपेन्द्र लामाद्वारा लिखित तथा निर्देशित चलचित्रमा बालयौन दुराचारको विषयलाई उठाइएको छ । सानी बालिकामाथि आफ्नै नजिकको आफन्तबाट यौन दुव्र्यवहार हुने तर उसको कुरालाई आमाबुवाले राम्रोसँग नसुन्ने प्रसंग चलचित्रमा हेर्न पाइन्छ ।

वर्षाले आमाको भूमिका निर्वाह गरेकी छिन् भने छोरीको भूमिकामा काव्या अधिकारी देखिन्छिन् । त्यस्तै बुवाको भूमिकामा प्रवीण खतिवडा छन् । आर्जेश रेग्मी, अनिता बस्नेत र भूपेन्द्रसिंह धामीले पनि चलचित्रमा अभिनय गरेका छन् । अभिभावकहरुलाई सचेत गराउने उद्देश्यले चलचित्र निर्माण गरिएको निर्देशक लामाले बताए ।

‘हामी आफ्ना छोराछोरीलाई मिठो खाना, राम्रो लुगा र महँगो शिक्षा त दिन्छौं तर उनीहरुमाथि भइरहेको दुव्र्यवहारप्रति भने बेखबर हुनसक्छौं,’ लामाले भने, ‘बेलैमा अभिभावक सचेत भएनन् र छोराछोरीको कुरामा सुनाइ भएन भने ठूलौ दुर्घटना निम्तिन सक्छ ।’

करिब १० मिनेट अवधिको चलचित्रमा जाङ्मु शेर्पा, फुर्वा याङ्जी शेर्पा र निमा शेर्पा श्रेष्ठले संयुक्त लगानी गरेका हुन् । शैलेन्द्रध्वज कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेश श्रेष्ठको संगीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको चलचित्र काठमाडौंको कपन क्षेत्रमा एकै दिनमा खिचिएको थियो ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu