‘बोक्सीको घर’ का लागि केकीले मुण्डन गरिन् कपाल



नेपाली केही अभिनेत्रीहरुले चलचित्रको कथामाथिको न्यायका लागि वर्षौंदेखि स्याहार गरेको कपाल नै मुण्डन गरेका छन् । चलचित्र ‘प्रेमलीला’ मा दीपाशिखा खड्का, ‘जाइरा’ मा नम्रता श्रेष्ठ, ‘आमा’ मा सुरक्षा पन्तले आफ्नो चरित्रलाई जीवन्त बनाउन कपाल मुण्डन गरेका थिए । अब अर्की अभिनेत्री केकी अधिकारीले चलचित्र ‘बोक्सीको घर’ का लागि कपाल मुण्डन गरेकी छन् ।

उनले कपाल मुण्डन गरेपछि ऐनाको अगाडि खिचेका तस्विरहरु इन्स्टाग्राम स्टोरीमा राखेकी छन् । उनको यो लुक्सले धेरैलाई आकर्षित गरेको छ । पहिलो पटक चलचित्रका लागि आफ्नो कपाल त्याग गरेकी उनले चलचित्रको कथाले मागेका कारण केश मुण्डन गरेको बताएकी छन् । कपाल नै मुण्डन गर्न तयार हुनुले उनी यो चलचित्रको चरित्रमा कुन हदसम्म डुबेकी छन् भन्ने प्रस्ट्याउँछ ।

‘बोक्सीको घर’ नाटकमाथि आधारित भएर निर्माण भइरहेको चलचित्रमा केकीसँगै अभिनेता गौरव पहारीको पनि अभिनय रहेको छ । सुलक्षण भारतीको निर्देशनमा बनिरहेको चलचित्रमा बद्री अधिकारी निर्माता र निर्देशक विशाल भण्डारी कार्यकारी निर्माताको रुपमा छन् । चलचित्रका लागि केकीले कपाल मुण्डन गरेपछि दर्शकहरुको ‘बोक्सीको घर’ प्रति उत्सुकता र कौतुहता बढेकोछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu