प्रदीप भन्छन्, ‘प्रकाश’ मा कम्फर्ट जोनबाट बाहिर निस्कँदैछु’



एकैखाले भूमिकामा सीमित भएको आरोप खेपिरहेका अभिनेता प्रदीप खड्का हाल जुम्लामा छायांकन भइरहेको चलचित्र ‘प्रकाश’ मा चकलेटी भूमिकाबाट बाहिर निस्कँदैछन् । यसमा उनले जुम्लाको एक निम्न वर्गिय युवकको भूमिका निर्वाह गर्दैछन् । यसअघि गाउँले युवकको भूमिका निर्वाह नगरेका कारण उनका लागि यो भूमिका चुनौतीपूर्ण मानिएको छ । चलचित्रका निर्देशक दिनेश राउत हुन् ।

प्रदीपले ‘प्रकाश’ मा आफूले नयाँ चुनौतीहरु स्वीकार गर्दै नयाँ प्रयास गर्न लागेको बताएका छन् । आइतवार साँझ इन्स्टाग्राममा एक फ्यानले सोधेको प्रश्नको जवाफ दिँदै उनले भनेका छन्, ‘मैले यसअघि कुनै चलचित्रमा यसप्रकारको प्रयास गरेको थिइनँ, जुन ‘प्रकाश’ मा गर्दैछु । नयाँ चुनौतीहरु स्वीकार गर्दै म आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्कँदैछु । छोटकरीमा भन्नुपर्दा यो वृद्धि हो ।’

अर्का एक प्रशंसकले ‘प्रकाश’ नेपालको शिक्षा क्षेत्रको एउटा प्रकाश हुनेछ ? भनेर सोधेको प्रश्नमा उनी अगाडि भन्छन्, ‘प्रकाश नेपालको सम्पूर्ण प्रणालीमा एक प्रकाश हुनेछ । शिक्षा क्षेत्र प्रणालीको एक हिस्सा हुनेछ ।’ यो चलचित्रमा प्रदीपले सरकारी स्कुलको शिक्षक बन्ने गरेको संघर्षलाई देखाइनेछ । सम्पूर्ण छायांकन जुम्लामा हुने चलचित्रमा प्रदीपको जोडी रेनु योगीसँग बाँधिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu