नारायणहिटी दरबारभित्रको सिनेमा हल २० वर्षपछि खुल्दै



२० वर्षसम्म बन्द रहेको नारायणहिटी दरबार संग्रहालयभित्र रहेको सिनेमा हल अब सर्वसाधारणका लागि खुल्ला गरिने भएको छ । तत्कालीन राजा वीरेन्द्र शाहसहित उनका परिवारका सदस्यको हत्यापछि २०५८ सालदेखि बन्द रहेको हल सरसफाइ र रंगरोगन गरेर आउँदो वैशाखदेखि सञ्चालन गर्न लागिएको हो । यो सिनेमा हलमा सर्वसाधारणले चलचित्र तथा डकुमेन्ट्रीहरु हेर्न पाउनेछन् ।

केही हप्तादेखि दरबारभित्र रहेका विभिन्न डकुमेन्ट्री र इभेन्टहरूका रिलहरू प्रोसेसिङ गर्ने काम भइरहेको नारायणहिटी दरबार तथा गणतन्त्र स्मारक व्यवस्थापन र सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिए । ०५८ सालदेखि थन्किएर बसेका रिल चल्ने अवस्थामा रहेको र त्यसलाई प्रोसेसिङ गर्न विशेषज्ञसँग परामर्श गरिएको उनले बताए ।

दरबार हत्याकाण्डभन्दा अगाडि यो सिनेमा हलमा राजपरिवारका सदस्य र उनीहरुका आफन्तहरुले मात्र चलचित्रहरु हेर्ने गर्दथे । ११६ सिट क्षमता रहेको सिनेमा हलमा दुईवटा प्रोजेक्टर छन् । दरबारभित्र रहेको सिनेमा हलमा बजारमा चल्ने चलचित्रहरु भने हेर्न पाइने छैन । दरबार संग्रहालय घुम्नका लागि काटिने टिकटबाट नै फिल्म, डकुमेन्ट्री हेर्न मिल्ने व्यवस्था मिलाउन लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu