के ‘ए मेरो हजुर ४’ सँग भिड्दैछ ‘आइ एम ट्वान्टिवान’ ?



आउँदो तीजमा दुई ठूला नेपाली चलचित्रबीच भिडन्त हुने चर्चाले अहिलेदेखि नै चलचित्र क्षेत्र तात्न थालेको छ । गत साता अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा स्टारर चलचित्र ‘ए मेरो हजुर ४’ ले भदौ १८ गतेलाई प्रदर्शन मिति घोषणा गरेको थियो । यही मितिमा धिरज मगर र जसिता गुरुङ अभिनीत चलचित्र ‘आइ एम ट्वान्टिवान’ पनि प्रदर्शन गर्ने तयारीमा निर्माण टिम रहेको चर्चा छ ।

के दुई चलचित्र जुध्नै लागेका हुन् त ? शनिवार नेफ्टा अवार्डमा पत्रकारको प्रश्नमा ‘ए मेरो हजुर ४’ का निर्माता सुनिल कुमार थापाले दुई चलचित्र नजुध्ने बताए । त्यस्तै, ‘आइ एम ट्वान्टिवान’ की निर्देशक तथा निर्माता रेनशा वान्तवा राईले प्रदर्शन मितिको विषयमा दुई ब्यानरबीच सल्लाह हुने बताइन् । दुई ठूला चलचित्र जुध्नु राम्रो नहुने र यसका लागि सल्लाह गरेर अगाडि बढ्ने उनको भनाई छ ।

उनी भन्छिन्, ‘चलचित्र इन्डस्ट्रीमा दुई चारवटा ब्यानर छौं, जसले निरन्तर रुपमा नेपाली चलचित्रलाई राम्रो बनाउने प्रयास गरिरहेका छौं । सिनेमावाला लुक्स निकाल्न प्रयास गर्ने थोरै निर्देशक र निर्माता हुनुहुन्छ, त्यसमा ‘ए मेरो हजुर’ ब्यानर र हाम्रो ब्यानर बराबर नै पर्छ । त्यसैले दुईवटा ब्यानरको प्रतिक्षीत चलचित्रहरु जुध्दा कसैलाई पनि राम्रो हुँदैन । त्यसैले सल्लाह गरेर अगाडि बढ्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu