आयो पुष्पको ‘कृष्ण लीला’ ट्रेलर (भिडियो)



यही चैत २७ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘कृष्ण लीला’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक भएको तीन मिनेट २५ सेकेण्ड लामो ट्रेलर प्रेम, रोमान्स, विछोड, कमेडी र रोदनले भरिएको छ । अभिनेता पुष्प खड्का (कृष्ण) र अभिनेत्री श्रद्धा क्षेत्री (लीला) को प्रेममा आउने उतार-चढावमा चलचित्र केन्द्रित रहेको ट्रेलरले प्रस्ट्याएको छ ।

सार्वजनिक ट्रेलरमा पुष्पलाई सुस्त मनस्थिति भएको युवकको भूमिकामा चित्रण गरिएको छ । उनको अभिनय मनछुने छ । ‘मंगलम’ मा प्यारालाइसिस भएको युवकको भूमिकामा जीवन्त अभिनय हेरेर वाहवाही बटुलेका उनले एकपटक फेरि चुनौतीपूर्ण भूमिका निर्वाह गरेको ट्रेलरबाट अनुमान गर्न सकिन्छ । ट्रेलरले दर्शकमा चलचित्रप्रति उत्सुकता र कौतुहलता जगाउन सफल छ ।

दीपक ओलीको निर्देशनमा बनेको चलचित्रमा पुष्प र श्रद्धासँगै बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुष गुरागाई लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । चलचित्रमा शिव ढकालको छायांकन, अर्जुन जिसीको सम्पादन, अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको कथा, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

रोहित कट्टेल प्रस्तुतकर्ता रहेको चलचित्रमा रत्न श्रेष्ठ कार्यकारी निर्माता, प्रकाश राज कार्की र केवल तामाङ निर्माता, पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह-निर्मातामा छन् । कोरोनाले थलिएको नेपाली चलचित्रको बजारलाई यो चलचित्रले चलायमान बनाउने अपेक्षा गरिएको छ । ‘कृष्ण लीला’ को यसअघि नै पोस्टरसहित ‘डियर बन्न र कुनै दिन’ बोलका दुई गीत सार्वजनिक भइसकेको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu