‘छक्का पञ्जा’ टिमको गीतमा किन पाएनन् जितुले ठाउँ ?



शनिवार अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको आवाजमा रहेको ‘धनियाँ के होली’ गीत सार्वजनिक गरियो । दीपाश्रीकै निर्देशन रहेको गीतको भिडियोमा ‘छक्का पञ्जा’ सिरिजका कलाकारहरु दीपाश्रीसँगै दिपकराज गिरी, केदार घिमिरे, किरन केसी, शिवहरी पौडेल, जयनन्द लामा लगायतको अभिनय छ । तर, यो समुहका भरपर्दा कलाकार मानिने जितु नेपाल गीतमा छैनन् ।

‘छक्का पञ्जा’ टिमसँग उनको सम्बन्ध विग्रिएको चर्चा छ । ‘मुन्द्रको कमेडी क्लब’ को अध्यक्षमा दीपाश्री निरौलालाई हटाएर अभिनेत्री करिश्मा मानन्धरलाई राखेपछि जितु र ‘छक्का पञ्जा’ टिमबीच दशकौं पुरानो सम्बन्धमा तिक्तता आएको बताइन्छ । होली गीतमा जितुबाहेक ‘छक्का पञ्जा’ सिरिजका सबै कलाकारको अभिनय रहनुले पनि उनीहरुबीच सम्बन्ध विग्रिएको पुष्टि हुन्छ ।

गीत सार्वजनिक कार्यक्रममा पत्रकारले भिडियोमा जितु नेपाल नदेखिनुको कारणबारे सोधेको प्रश्नमा दीपकले ‘छक्का पञ्जा’ सिरिजका अरु पनि धेरै कलाकारको अभिनय नरहेको बताए । उनलाई जवाफ दिन असहज भएको बुझेर केदारले ‘ह्याप्पी होली’ भन्दै कुरा मोडे । यसपछि दीपकले दीपाश्रीलाई ‘होलीको कुरा के भयो ?’ भन्दै जितुको बारेमा थप कुरै गर्न चाहेनन् ।

कार्यक्रममा केदारले पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेपछि ‘छक्का पञ्जा’ समुहले एकसाथ भिडियोमा अभिनय गरेको बताएका थिए । तर, गीतमा जितु नदेखेपछि पत्रकारले एकिकरण भएको नेपालबाट एउटा जिल्ला नै गायब भएछ नी ? भनेर प्रश्न गरेका थिए । यसको जवाफमा दीपाश्रीले एकपटक सँगै काम नगर्दैमा अलग भएको रुपमा नबुझ्न आग्रह गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu