दक्षिण भारत तथा बलिउडमा तहल्का पिटेको चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रीमेकको लागि अडिशन लिईएको छ । अडिशनमा सयौंको संख्यामा सहभागीहरु आएको बताईएको छ ।

काठमाण्डौमा भएको अडिशनबाट प्रमूख कलाकारहरु छनौट गरी वर्कशपमा जाने तयारी रहेको निर्देशक बिशाल सापकोटाले जानकारी दिए । सम्भवत नेपाली फिल्मको ईतिहासमा पहिलो पटक अफिसियल्ली राईट्स लिएर रिमेक फिल्म बनाउन लागिएको यो पहिलपटक हो ।

यो फिल्मलाई युवा फिल्म्सले निर्माण गर्दैछ । यो फिल्मले ओरिजिनल र हिन्दी रिमेक दुवैमा सफलता पाएको थियो ।