‘ए मेरो हजुर ४’ को गीत खिच्न दश दिन



निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाले निर्माणाधिन चलचित्र ‘ए मेरो हजुर ४’ का लागि पनि गीतको अडियो र भिडियो निर्माणमा निकै मिहिनेत गरेका छन् । हालै चलचित्रको र्शिष गीत शे-फोक्सुन्डोमा १० दिन लगाएर खिचिएको छ । गीतमा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा फिचरिङ छन् । गीतको भिडियोमा रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् ।

गीत खिचेर चलचित्रको टिम बुधवार राजधानी फर्किसकेको छ । केही दिनको विश्रामपछि चलचित्रको बाँकी छायांकन सुरु हुने निर्माता थापाले जानकारी दिए । दुई दिन पोखरा र आठ दिन काठमाडौंमा छायांकन भएपछि चलचित्र प्याकअप हुने उनले बताए । अब अनमोल गम्भीर विरामी भएर अस्पताल भर्ना भएको सिन खिचिनेछ, जसका लागि उनले आफ्नो कपाल छोटो बनाउँदैछन् ।

आउँदो वर्षको भदौ १८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्रमा सलोन बस्नेतको पनि प्रमुख भूमिका छ । सञ्जय लामाको छायांकन रहेको चलचित्रको कथा स्वं. छेतन गुरुङ र झरना थापाले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनीहरुलाई मन्दिप गौतम, प्रतिक पौडेल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् । मित्र डि. गुरुङले चलचित्रको सम्पादन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu