‘डाँडाको बर पीपल’ मा शिव, गौरी र सलोन



बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा नयाँ चलचित्र ‘डाँडाको बर पीपल’ को बिहीबार राजधानीमा मुहुर्त गरिएको छ । चलचित्रमा शोभित बस्नेतको निर्देशन रहनेछ । चलचित्रमा शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, राजीवजंग बस्नेत, यसराज गराचको अभिनय रहनेछ । निर्देशक शोभितले चलचित्र पारिवारिक कथामा बन्ने बताए । चलचित्रका लागि नायिकाको भने टुंगो लागेको छैन ।

७५ दिनको छायांकन सेड्युल बनाइएको चलचित्र काठमाडौं, कालाबाङ, से-फोक्सुण्डो ताल र पूर्वका विभिन्न स्थानमा खिचिनेछ । चलचित्रमा सलोन विकट गाउँको एक गोठालोको भूमिकामा देखिने निर्देशक बस्नेतले बताए । उनले भने- ‘अहिले यूट्युब ट्रेन्डिङमा रहेको सेन्मिखाको कथाको क्यारेक्टरलाई नै चलचित्रमा निकाल्ने प्रयास गरेका छौं । सलोनलाई त्यही क्यारेक्टरमा ढाल्नेछौं ।’

चलचित्रमा सुशान्त प्रजापतिको छायांकन, रामकाजी घिमिरेको लेखन, शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राईको नृत्य, नवराज गिरीको गीत र रामजी राउतको मुख्य सहायक निर्देशन छ । शिव श्रेष्ठ र गौरी मल्लले २० वर्षपछि एकसाथ चलचित्रमा काम गरेका हुन् । चलचित्र ‘धर्मसंकट’ पछि उनीहरुले एकसाथ काम गरेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu