दीपाश्रीदेखि सरोज खनालसम्मको फेसबुक ह्याक, प्रहरीमा दिए उजुरी



अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, अभिनेता सरोज खनाल र गीतकार तथा रंग पत्रकार दयाराम पाण्डेको फेसबुक एकाउन्ट ह्याक भएको छ । फेसबुक ह्याक गरेर ह्याकरले विभिन्न व्यक्तिसँग पैसा माग्न थालेपछि उनीहरुले प्रहरीमा उजुरी दिएका छन् । बिहीवार उनीहरुले काठमाडौं उपत्यका अपराध अनुसन्धानमा फेसबुक फिरौतीको माग गर्दै उजुरी दिएका हुन् ।

दीपाश्रीले आफ्नो फेसबुकबाट ह्याकरले सुमन गिरी ‘भान्जा’ सँग एक लाख मागेको बताइन् । पैसा पठाउन ह्याकरले बैंक खाता समेत पठाएको उनले बताएकी छन् । अभिनेता सरोज खनालको फेसबुकबाट पनि ह्याकरले विभिन्न व्यक्तिसँग च्याटमा कुरा गरेर पैसा मागिरहेको छ । त्यस्तै, पत्रकार पाण्डेले आफ्नो फेसबुकबाट ह्याकरले विभिन्न बहाना बनाएर पैसा मागिरहेको बताए ।

उनले भने- ‘मलाई बुधवार साँझ दीपकराज पाठकबाट फेसबुकमा एउटा कोड आयो र त्यो कोड मागेपछि मैले पठाइदिएँ । त्यसपछि मेरो फेसबुक ह्याक भएको हो । फेसबुक ह्याक गरेपछि ह्याकरले म बनेर देश तथा विदेशमा बस्ने धेरै जनासँग ५० हजारदेखि एक लाखसम्म मागेको रहेछ ।’ ह्याकरले फेसबुकमा रहेका व्यक्तिहरुलाई अपशब्द समेत प्रयोग गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu