छायांकनमा निस्कियो दयाहाङ र प्रकृतिको ‘बिहे पास’



अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठले पहिलो पटक एकसाथ काम गर्न लागेको चलचित्र ‘बिहे पास’ को छायांकन सुरु भएको छ । शुक्रवार विराटनगरको एक मन्दिरमा शुभमुहूर्त गरेपछि निर्देशक प्रवेश पौडेलले चलचित्रको छायांकन सुरु गरेका हुन् । पूर्वका विभिन्न स्थानमा छायांकन हुने चलचित्रमा दयाहाङ र प्रकृति श्रीमान-श्रीमतीको भूमिकामा देखिने छन् ।

रोहित कट्टेलको प्रस्तुति रहेको चलचित्रको कार्यकारी निर्मातामा रत्न श्रेष्ठ र सह-निर्मातामा ग्याल्जेन लामा रहेका छन् । चलचित्रको कथा आकाश बराल, सजन काफ्ले र मुरे केरले मिलेर तयार पारेका हुन् । त्यस्तै, पटकथा आकाश बराल र सजन काफ्लेको हो । प्रवेशले यसअघि चलचित्र ‘अमेरिकी ब्वाइज’ को निर्देशन गरेका थिए, जसमा उनको निर्देशकिय क्षमताको प्रशंसा भएको थियो ।

यो चलचित्रबाट प्रकृतिले ६ वर्षपछि अभिनयमा कमब्याक गर्न लागेकी हुन् । म्यूजिक भिडियो हुँदै चलचित्र ‘होस्टेल’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले यसपछि ‘जिन्दगी रक्स र उत्सव’ मा काम गरेकी थिइन् । ‘उत्सव’ रिलिजसँगै विवाह बन्धनमा बाँधिएर उनी श्रीमानसँग अष्ट्रेलियामा बस्दै आएकी थिइन् । उनी दुई हप्ता अगाडि चलचित्रको छायांकनका लागि नेपाल आएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu