चलचित्र घोषणा र प्रदर्शन गर्न हतार नगरौं : धिरेन शाक्य



अभिनेता धिरेन शाक्यले दाङ जिल्लालाई चलचित्र नगरीको रुपमा विकास गर्न सकिने थुप्रै सम्भावना रहेको बताएका छन् । चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले शुक्रबार गरेको साक्षात्कार कार्यक्रममा उनले भने- ‘भौगोलिक हिसाबले राजधानीबाट टाढा भए पनि दाङमा चलचित्र छायांकन गर्न सकिने ठाउँहरु धेरै छन् । भोलीका दिनमा दाङ चलचित्र छायांकनको उपयुक्त गन्तव्य बन्नसक्छ ।’

त्यस्तै, उनले कोरोनाको समयमा दर्शकहरुले विश्वका चलचित्रहरु हेरेका कारण अब नेपाली चलचित्रकर्मीले चलचित्रको कथामा ध्यान दिनुपर्ने र कलाकारहरुले पनि अभिनयमा ध्यान दिनुपर्नेमा जोड दिए । कोरोनाले थिलथिलो बनाएको चलचित्र क्षेत्र कहिलेबाट चलायमान हुन्छ भन्ने यकिन नभएकाले अहिले नै चलचित्रको घोषणा र प्रदर्शनका लागि हतार नगर्न उनको सुझाव छ ।

उनले भने- ‘कोभिडको यो समयलाई चलचित्रकर्मीहरुले आफूलाई थप माझ्ने र सिक्ने अवसरको रुपमा लिनुपर्छ ।’ चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रममा अभिनेता शाक्यले आफूले बनाउन लागेको नयाँ चलचित्रको छायांका आउँदो बैशाखबाट सुरु गर्ने योजना भए पनि अब कोरोनाका कारण तत्काल निर्माण नहुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu