इटहरीमा ‘अभियान’ को मुहूर्त



कोशी भिजनको ब्यानरमा बन्न लागेको चलचित्र ‘अभियान’ को आइतवार सुनसरीको इटहरीस्थित एक गुम्बामा शुभ मुहूर्त गरिएको छ । चैत १७ गत्बाट छायांकन सुरु हुन लागेको चलचित्रको मुहूर्त समारोहमा चलचित्रकर्मी संघका प्रदेश १ संयोजक पर्शुराम चौधरी, नेपाल चलचित्रकर्मी महसंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधान लगायतका चलचित्रकर्मीहरुको उपस्थिति रहेको थियो ।

ऐतिहासिक तामाङ थाकथलो (किपट) को कथामा बन्ने चलचित्रको मुख्य भूमिकामा जयनन्द लामा, दिनेश कोइराला, कुमार मोक्तान, दावा फिन्जो तामाङ, श्याममाया तामाङ, चादनी मोक्तान, आश्मान वाईवा तामाङ, नितेश जङ्ग खत्री, जनक बम्जन तामाङ, मदन राई र कुमारी मेयाङ्बो रहेका छन् । चलचित्र रसुवा, काभ्रे, हिले, उत्तरपानी, मुडे संसरे र इलाममा खिचिनेछ ।

लाखमान योन्जन तामाङको निर्देशनमा बन्न लागेको चलचित्रको कथा पनि उनी स्वयंले तयार पारेका हुन् । उनले विगत लामो समयदेखि प्रदेश १ मा बसेर चलचित्रको लेखन, निर्माण र निर्देशन गर्दै आइरहेका छन् । चलचित्रमा सुमन तामाङको छायांकन, हेमन तामाङको सम्पादन, जोनी योन्जन, कुन्दन राई, छेवाङ योन्जन तामाङको संगीत र सुरज रौनियारको गीतमा गायन रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu