नेपाल पत्रकार महासंघको एसोसिएट संस्था चलचित्र समीक्षक समाज (फिक्सन) ले नयाँ नेतृत्व पाएको छ । सोमवार भएको फिक्सनको वार्षिक साधारण सभाले दीपेन्द्र लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । लामो समयदेखि चलचित्रको समिक्षा गर्दै आएका उनी निर्देशक समेत हुन् । ‘घामपानी, गोपी र छ माया छपक्कै’ उनी निर्देशित चलचित्र हुन् ।

त्यस्तै, उपाध्यक्षमा सामीप्यराज तिमिल्सिना र स्मृति ढुङ्गाना, महासचिवमा सजना बराल, सचिवमा विष्णु शर्मा र केदार श्रेष्ठ र कोषाध्यक्षमा प्रभाकर गौतम, समस्यहरुमा लेनिन बन्जाडे, नरेश फुयाँल, अभिमन्यु दीक्षित र रक्षा थापा चयन भएका छन् । अध्यक्षमा चुनिएपछि लामाले चलचित्र समीक्षा गर्ने संस्कृतिलाई थप फराकिलो बनाउन विभिन्न कार्यक्रम ‘फिक्सन’ ले गर्ने बताए ।




