अमेरिकामा चलचित्र ‘लाइफ इन एलए’ निर्माण हुने भएको छ । गएको शुक्रवार अमेरिकामा यो चलचित्रको निर्माण घोषणा गरिएको हो । अप्रिलको पहिलो साताबाट यो चलचित्रको छायांकन अमेरिकाको एलएबाट सुरु हुनेछ । नेपालको पोखरामा पनि यो चलचित्र खिचिने निर्माणपक्षले बताएको छ ।

अमेरिकामा बसोबास गर्ने नेपालीको संघर्षको कथामा यो चलचित्र बन्नेछ । वाश इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण हुने चलचित्रमा अकेशा विष्ट, बास बिष्शु, जरेद बिल्लुप्स, साम भुजेल, आयुस केसी, विशाल ढकालको मुख्य भूमिका रहनेछ ।

सूर्य एन श्रेष्ठको निर्देशनमा बन्ने चलचित्रका कार्यकारी निर्माता संसार ए सुवेदी हुन् । राजेन्द्र ठकुराठी निर्माता रहेको यो चलचित्रमा सुदिप बरालको छायांकन रहनेछ । चलचित्रमा श्रीकृष्ण बम मल्लको संगीत, उज्ज्वल ढकालको सम्पादन रहनेछ ।