गरिमाले गर्लिन् ‘सुदूर’ ?



अभिनेत्री वर्षा सिवाकोटीले चलचित्र ‘सुदूर’ बाट हात झिकेपछि निर्देशक रमेश बुढाथोकी अहिले अभिनेत्रीको खोजीमा छन् । यसैक्रममा उनले मोडल रेश्मा घिमिरेलाई चलचित्र अफर गरेका थिए । यसपछि ‘सुदूर’ को अफर मोडल उषा उप्रेतीलाई पुगेको थियो । दुवैले चलचित्र गर्न इच्छा नदेखाएपछि निर्देशक बुढाथोकीले अर्की मोडल गरिमा शर्मालाई अभिनेत्रीको प्रस्ताव गरेका छन् ।

मंगलवार उनीहरुबीच भेटेरै चलचित्रको विषयमा कुराकानी भएको छ । चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले फेसबुकमा गरिमा र निर्देशक बुढाथोकीबीच भेटघाटको तस्विर पोस्ट गरेका छन् । उक्त भेटमा गरिमाले चलचित्रको ‘वान लाइन स्टोरी’ सुनेकी थिइन् । उनले चलचित्र गर्ने वा नगर्ने विषयमा निर्णय गरेकी छैनन् । तर, चलचित्रलाई लिएर उनी सकारात्मक रहेको बुझिएको छ ।

यो चलचित्रका लागि अहिलेसम्म मुख्य नायकको पनि टुंगो लागेको छैन । निर्देशक बुढाथोकीले नायकको प्रस्ताव पुष्प खड्कालाई गरेका छन् । उनीसँग निर्माण टिमको मौखिक सहमति भइसके पनि कागजी सम्झौता भएको छैन । रमेश बुढाथोकी लामो समयपछि निर्देशनमा फर्किन लागेका हुन् । उनले ‘बाबु साहेब, अप्सरा, जीवन मृत्यु’ लगायतका चलचित्र निर्देशन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu