अनमोललाई ७५ लाख अफर भएको सत्य हो ?



नेपाली चलचित्रका सबैभन्दा महंगा अभिनेता हुन्, अनमोल केसी । उनले चलचित्र ‘कृ’ मा २० लाख पारिश्रमिक बुझेको खबरले ठूलै हलचल ल्याएको थियो । किनकि, त्यसअघि यति मोटो पारिश्रमिक नेपाली कलाकारहरुले पाउन सकेका थिएनन् । यो चलचित्रपछि उनलाई ५० लाखसम्मको अफर पुगेको थियो । अहिले उनलाई एक चलचित्रबाट ७५ लाख पारिश्रमिकमा अफर भएको चर्चा छ ।

‘लप्पन छप्पन’ फेम्ड निर्देशक मुकुन्द भट्ट परिस्थिति सामान्य भएपछि एउटा मल्टीकास्ट चलचित्र बनाउने तयारीमा छन् । यसका लागि उनले अभिनेता पुष्प खड्कासँग कागजी सम्झौता गरिसकेका छन् । अभिनेता द्वय निश्चल बस्नेत र सौगात मल्लसँग पनि मौखिक सहमति भइसकेको छ । चलचित्रको टाइटल क्यारेक्टरको प्रस्ताव भने अनमोललाई गरिएको छ, ७५ लाख पारिश्रमिकमा ।

केही दिनअघि ठूलोपर्दासँगको फोनवार्तामा निर्देशक भट्टले अनमोललाई चलचित्र अफर गरेको स्वीकार गरे पनि पारिश्रमिकको विषयमा अहिलेसम्म कुराकानी नभएको बताएका थिए । अनमोलले भने आफूलाई ७५ लाख अफर भएको कुरा सत्य रहेको खुलाएका छन् । मंगलवार एक अन्तर्वार्तामा उनले यो प्रोजेक्टमा काम गर्ने सम्भावना प्रवल रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu