नयाँ वर्ष ०७८ को अवसर पारेर चलचित्र ‘गुड फ्रेन्ड’ यही चैत्र २७ मा प्रदर्शन हुने भएको छ । साथीबीचको सम्बन्ध, प्रेम र समर्पणको कथामा निर्माण गरिएको चलचित्रको ट्रेलर बुधबार साइराम पिक्चर्सको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । पहिला चैत्र २० मा हलमा आउने भनिए तापनि अब यो चलचित्र चैत्र २७ मा दर्शकमाझ आउने पक्का भएको छ ।

राजबहादुर सानेको निर्देशनमा बनेको चलचित्रमा मुकेश ढकाल, सबिना कार्की, राज सिंह, दीपक बिक्रम शाही, एलवी कटुवाल, राजन महर्जन, बसन्त बर्मा, पूजा महर्जन, धिरज खत्री र भूमिका सापकोटा मुख्य भूमिकामा छन् । बिजी बर्मा फिल्मस्को ब्यानरमा बसन्त बर्माको प्रस्तुति रहेको चलचित्रको निर्मातामा बसन्त बर्मा,राज सिंह र पम्फा बर्मा अनि सह निर्मातामा बारुफ बर्मा र पारुबी बर्मा छन् ।
चलचित्रको गीतमा संजय लामा बलको संगीत, प्रदीप खड्काको द्वन्द्व निर्देशन र सम्पादन प्रवल प्रधानको छ । केही बर्षअघि नै निर्माण सम्पन्न भए तापनि प्रदर्शनका लागि उचित समय पर्खदा नयाँ बर्ष ०७८ भेटिएको निर्माण पक्षले जनाएको छ । ‘गुड फ्रेन्ड’ दर्शकलाई सँधै ताजा लाग्ने विश्वास निर्माताको छ । निर्देशक सानेले आफ्नो चलचित्रले साथीबीचको प्रेम बोल्ने बताउँछन् ।
ट्रेलर :-




