कोरोनाका कारण ‘कृष्ण लीला’ को पनि रिलिज सर्‍यो



नयाँ वर्ष २०७८ को अवसरमा चैत २७ गतेलाई तीन चलचित्र ‘कृष्ण लीला, लप्पन छप्पन २ र मनसँग मन’ ले प्रदर्शन मिति घोषणा गरेका थिए । तर, कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेपछि अब यो मितिमा तीनै चलचित्र प्रदर्शनमा नआउने भएका छन् । ‘लप्पन छप्पन २ र मनसँग मन’ पछि बिहीवार ‘कृष्ण लीला’ ले पनि अनिश्चितकालका लागि प्रदर्शन मिति स्थगित गरेको छ ।

चलचित्रका प्रस्तुतकर्ता रोहित कट्टेलले हल व्यवसायीहरुको साथ नपाएका कारण रिलिज स्थगित गरेको बताए । उनले भने- ‘हामी चैत २७ मा चलचित्र रिलिज गर्न तयार नै थियौं । तर, हल व्यवसायीहरुसँग लगानी सुरक्षित हुने वातावरण बनाउन गरिएको आग्रहलाई वेवास्था गरियो । हामी पनि करोडौंको लगानीमा रिक्स उठाउन सक्दैनौं । त्यसैलै रिलिज स्थगित गर्नुको विकल्प रहेन ।’

उपत्यका बाहिर हलहरु नखुल्ने अवस्था भएकाले पनि रिलिज रोक्नु परेको उनको तर्क छ । उनी अगाडि भन्छन्, ‘कोरोनाका कारण फेरि लकडाउनको हल्ला छ । त्यसका कारण हलमा दर्शक आउने नआउने टुंगो छैन । बलिउड चलचित्रहरु पनि सरेको सर्‍यै छन् । त्यसैले तत्काल रिलिज गर्नु करोडौंको लगानीमाथि रिक्स उठाउनु मात्र हो । अब स्थिति सामान्य नभएसम्म पर्खिन्छौं ।’

कोरोना महामारीले धरासायी अवस्थामा पुगेको चलचित्र क्षेत्रलाई ‘कृष्ण लीला’ ले केही हदसम्म चलायमान बनाउने धेरैको अपेक्षा थियो । तर, यो चलचित्रको पनि रिलिज पोस्टपोन्ड भएपछि चलचित्र क्षेत्रलाई ठूलो झट्का लागेको छ । दीपक ओली निर्देशित चलचित्रमा पुष्प खड्का र श्रद्धा क्षेत्री मुख्य भूमिकामा छन् । चलचित्रको ट्रेलर र दुई गीत यूट्युबमा सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu